नेकपाको स्थायी कमिटी बैठक सुरू, तय गरियो ५ एजेन्डा


११ असार २०७७, बिहीबार ०५:११ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरैबाट बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Advertisement

बैठकका लागि विभिन्न ५ एजेन्डा तय गरिएको छ । बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका बारेमा धारणा राख्नेछन् । त्यसै सरकारका कामका बारेमा पनि समीक्षा हुनेछ ।

सरकारले गरेको काममध्ये कोभिड–१९ नियन्त्रण रोकथाम र उपचारका क्रममा सरकारले गरेको कामका बारेमा आजको बैठकमा छलफल हुनेछ ।

त्यस्तै नेपालको सीमा समस्या र समाधानका क्षेत्रमा भइरहेको कामका बारेमा पनि समीक्षा हुने एजेन्डा तय गरिएको छ ।

त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल हुने छ । बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा पनि कुराकानी हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here