झापा । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ ।
नेपाली काङ्ग्रेसका महामन्त्री शर्मालाई आयोगले शुक्रबार आगलागी पीडितलाई घर निर्माणका लागि रकम वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।
उम्मेदवारले निर्वाचन आयोगले तोकेको भन्दा फरक गतिविधी गर्नेलाई स्पष्टीकरण सोध्ने गर्दछ ।