मेचीनगरमा माओवादीका दर्जनौं नेता एमालेमा समाहित


३० आश्विन २०७९, आईतवार १३:३० मा प्रकाशित

काँकडभिट्टा । आइतबार नेकपा माओवादी केन्द्रका दर्जनौं नेता तथा कार्यकर्ताहरु सामूहिकरुपमा एमालेमा समाहित भएका छन् । नेकपा एमालेको क्षेत्रीय पार्टी कार्यालय काँकडभिट्टामा सम्पन्न एक कार्यक्रममा उनीहरु एमालेमा समाहित भएका हुन् ।

Advertisement

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा माओवादीका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईंसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको हो ।

यसैगरी माओवादी मेचीनगर नगर कमिटिका उपाध्यक्ष उत्तम सिटुङ, जिल्ला कमिटि सदस्य एकराज घिमिरे, जिल्ला कमिटि सदस्य टेकेन्द्र चापागाईं, मेचीनगर कमिटि सचिवालय सदस्य हरि दाहाल, नगर कमिटि सदस्य निखिल पोखरेल, नगर कमिटि सदस्य पदमबहादुर श्रेष्ठ, नगर कमिटिका पूर्व सदस्य पुष्पादेवी मगर, वाइसिएल जिल्ला कमिटि सदस्य रविन मेचे, वाइसिएल मेचीनगर उपाध्यक्ष तथा पार्टीका नगर कमिटि सदस्य निर्मला सुबेदी र मनोज गुरागाईं आज नेकपा एमालेमा समाहित भएका हुन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रको मेचीनगर नगर कमिटी इञ्चार्ज परित्याग गरेका नेता गुरागाईंले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन नेकपा एमालेमा समाहित हुनु परेको धारणा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here