एमाले झापा १ प्रदेशमा २६ जना सिफारिस


२० भाद्र २०७९, सोमबार १९:४३ मा प्रकाशित

काँकरभिट्टा । नेकपा एमालेबाट झापा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ का लागि जम्मा २६ जनाको नाम सिफारिस भएको छ । आज सम्पन्न क्षेत्रीय कमिटी बैठकले माथिल्लो कमिटीलाई प्रदेशका उम्मेद्वारको नाम सिफारिस गरेको हो ।

Advertisement

बैठकले क्षेत्र नं. १ ‘क’ मा राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, नीलकण्ठ तिवारी, कृष्ण कनाल, विष्णु सुबेदी, शोभा खवास, प्रमेकुमार भट्टराई, बन्धन मुण्डा, चन्द्र प्रसाई, रमा भण्डारी, राजु कार्की, इन्द्र बाँसकोटा, भुपाल ओली, राज पोख्रेल, निर्मला गौतम र रामचन्द्र उप्रेती गरी जम्मा १८ जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी क्षेत्र ‘ख’ रेणुका डाँगी, लक्ष्मी राई, घनश्याम अधिकारी, लता प्रसाई, यामनाथ बराल, हरि घिमिरे, पुरुषोत्तम अधिकारी र रमेश आचार्य गरी जम्मा ८ जनाको नाम सिफारिस भएको जानकारी क्षेत्रीय इन्चार्ज टिकाराम मंग्रातीले दिए ।

साथै क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका रुपमा पार्टीका केन्द्रीय सदस्य रविन कोइराला सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here