अनेरास्ववियु मेची क्याम्पस कमिटीको अध्यक्षमा धमला


२१ भाद्र २०७९, मंगलवार २२:०९ मा प्रकाशित

झापा । मेची बहुमुखी क्याम्पसमा पवन धमलाको अध्यक्षतामा अनेरास्ववियु क्याम्पस कमिटी गठन भएको छ ।

Advertisement

नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य बसन्त बानिँयाको प्रमुख आतिथ्यतामा सम्पन्न ३४औं क्याम्पस सम्मेलनबाट धमलाको नेतृत्वमा ४९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।

अखिल मेची बहुमुखी क्याम्पस कमिटिको नँया कार्यसमितिको उपाध्यक्षमा विशाल गिरी र सुदिप मियाङ्बो लिम्बू र सचिवमा सौरभ तिम्सिना चयन भएका छन् । त्यस्तै समितिको सहसचिवमा शिशिर उप्रेती, आयुषा घिमिरे, आशिष खरेल र पवन अधिकारी र कोषाध्यक्षमा अनुषा भण्डारी चयन भएको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here