नारी सञ्चार गृहले गर्यो दुईवटा पुरस्कारको घोषणा


१८ भाद्र २०७९, शनिबार १९:३३ मा प्रकाशित

बिर्तामोड । नारी सञ्चार गृह झापाको ११ औँ स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा आयोजित कार्यक्रमका बीच संस्थाले दुुईवटा पुरस्कार घोषणा गरेको छ ।

Advertisement

सञ्चार गृहले एकलाख ११ हजार १११ रुपैयाँ राशिको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार र २५,५०५ रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

झापामा क्रियाशील महिलालाई पुरस्कृत गर्ने गरी घोषणा गरिएको यो पुरस्कारहरु हरेक दुई वर्षमा वितरण हुने कुरा नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटीले पुरस्कार घोषणाको क्रममा बताइन् ।

महिलाहरुलाई पत्रकारितामा प्रोत्साहन गर्न सजिलो होस् भन्ने उद्देश्यले यी पुरस्कार स्थापना गरिएको अध्यक्ष सिवाकोटीले बताइन् ।

महिलाहरुलाई पत्रकारितामा टिकाइराख्न यो पुरस्कारले धेरै महत्व राख्ने संस्थाकी सचिव भूमिका सुब्बाले बताइन् ।

प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे र नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङको आतिथ्यका बीच घोषणा गरिएको पुरस्कार आगामी अधिवेशनका अवसरमा वितरण गर्ने जनाइएको छ ।

नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषको ब्याजले ती पुरस्कार प्रदान गर्ने जनाइएको छ । अक्षय कोषमा २५ लाख रुपैयाँ नाघिसकेको जानकारी सञ्चार गृहले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here