एमाले केन्द्रीय समिति बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पार्टीभित्र मौलाएको गुटबन्दीप्रति कठोर (पूर्ण पाठसहित)


२१ पुष २०८१, आईतवार २०:१८ मा प्रकाशित
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली काठमाडौँ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आइतबारदेखि पार्टी केन्द्रीय च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्नुभयो । तस्बिरः सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबारदेखि केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको छ । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

Advertisement

४७ पेज लामो प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टीमा गुटबन्दी मौलाएको गुनासो गर्नुभएको छ । एमालेमाथि चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्रै गुटबन्दी फस्टाउनु लोकतन्त्रकै लागि घातक हुने उहाँको तर्क छ । परिवर्तन विरोधीहरु एकोहोरो रुपमा एमालेविरुद्ध आक्रमणमा उत्रिएका बेला चूप लागेर बस्न नहुने भन्दै ओलीले प्रतिवेदनमार्फत नै प्रतिवादमा उत्रिन निर्देशन दिनुभएको छ ।

प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल माओवादीमाथि थुप्रै आक्षेपहरु लगाइएको छ । माओवादी सत्ताबाट बाहिरिएपछि परिवर्तनको विरुद्ध लागेकोदेखि राजावादीहरुसँग माओवादी अध्यक्ष पुष्पकमल दाहालको बाक्लो उठबस चलिरहेकोसम्मको आरोप लगाइएको छ । काँग्रेस र एमाले मिल्दा अस्थिरतावादीहरु असफल भएको दाबी गर्दै ओलीको प्रतिवेदनमा चीनसँग भएको बीआरआई फ्रेमवर्क सम्झौतालाई ऐतिहासिक उपलब्धिको रुपमा ब्याख्या गरिएको छ ।

यसैगरी सरकारले ६ महिनामा देशमा आशा जगाउने काम गरेको दाबी गर्दै कामको गति अझै बढाउने उल्लेख छ । प्रतिवेदनमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्ने अवसर दिइने छ ।

राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, सरकारका कामको समीक्षा, काँग्रेससँगको सत्ता सहयात्रा, संविधान संशोधन आर्थिक अवस्था सुधारलगायतका विषय समेटिएको बुझिएको छ ।

पतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बटमलाइन समेत सुनाउनु भएको छ । आइतबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठक सोमबारसम्म चल्नेछ ।

हेर्नुहोस् पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here