पौष २१, दाङ ।। पठन संस्कृतिको विकास र प्रबर्धन गर्ने उदेश्यले गठित अध्ययन मञ्च दाङको संयोजकमा सूर्य बिसी चयन भएका छन् ।
शनिबार जिल्लाको घोराहीमा आयोजित एक भेलाले लेखक एवं प्रकाशक सूर्य बिसीको संयोजकत्वमा नौ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
नव निर्चाचित समितिमा महेश बस्नेत, श्रद्धा धिताल, बिन्दु गिरी, थम्मन बस्नेत, बिपि रावत, मनिषा गिरी, बिपिन आचार्य लगायत रहेका छन् । पठन संस्कृति कमजोर हुँदा समाज रचनात्मक एवं सभ्य बन्न नसक्ने बताउदै संयोजक बिसीले कला, साहित्य र सिर्जनात्मक लेखनमा गम्भीरतापुर्वक काम गर्न यो अभियान सुरु गरिएको बताए । साथै बिसीले दाङका प्रबुद्ध व्यक्तित्वहरुको सहयोगमा पुस्तक पठन अभियानलाई बल पुग्ने कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन्। बिसी बिएन पुस्तक संसार काठमाण्डौंका प्रबन्धक तथा मेधावी कन्सर्न घोराहीका सञ्चालक हुन । लामो समय काठमाण्डौं बसेका बिसी पछिल्लो समय दाङ झरेपछि साहित्यिक गतिविधिमा सकृय बनेका छन ।
अध्ययन मञ्च दाङको अध्यक्षमा सूर्य बिसी
२१ पुष २०८१, आईतवार १९:४५ मा प्रकाशित