बार्सिलोना बराबरीमा रोकियो


१ पुष २०८०, आईतवार ०८:३४ मा प्रकाशित

पुस १, झापा । स्पानिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरी खेलेको छ । बार्सिलोनाले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

Advertisement

भ्यालेन्सियाको मैदानमा भएको खेलमा जाओ फेलिक्सले ५५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर ७०औं मिनेटमा ह्युगो गुइलामोनले भ्यालेन्सियाको लागि बराबरी गोल गरे ।

बराबरीपछि १७ खेलबाट ३५ अंक जोडेर बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । अर्को खेलमा एट्लेटिको मड्रिड एथ्लेटिक विल्वाओसँग २-० ले पराजित भएपछि बार्सिलोनालाई फाइदा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here