आज विवाह पञ्चमी, जनकपुरधाममा राम सीता विवाह महोत्सव मनाइँदै


१ पुष २०८०, आईतवार ०८:२३ मा प्रकाशित

पुस १, जनकपुर । विवाह पञ्चमी आज देशभर मनाइँदैछ । आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो । विशेष गरि जनकपुरधाममा सीता र राम विवाहलाई महोत्सवका रुपमा आज विधिपूर्वक मनाइँदैछ ।

Advertisement

विवाह महोत्सवका लागि शनिबार जानकी मन्दिरबाट बाजगाजाका साथ साधुसन्तहरुसहित मैथिली महिलाले जनकपुरधामको गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर पु¥याएका थिए ।

विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधिका साथ पूजा गरेर विवाहपञ्चमीको महोत्सव समापन हुनेछ । आइतबार भगवान् राम सीताको स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरले जनाएको छ ।

वैवाहिक कार्यक्रममा भारतको अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीयको सहभागिता रहने पनि जनाइएको छ । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिवधनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको धुमधामकासाथ विवाह भएको थियो ।

विवाह पञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here