पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक


६ भाद्र २०८०, बुधबार १०:०० मा प्रकाशित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

Advertisement

मन्त्री किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।

मन्त्री किराँतीका पिता लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

मन्त्री किराँतीले समाजिक सञ्जालमार्फत पिताको निधनको जानकारी दिँदै आफू पूर्ण रूपमा टुहुरो भएको उल्लेख गर्नुभएको छ ।

‘भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !’ मन्त्री किराँतीले फेसबुकमा लेख्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here