कोशी, बागमती तथा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


३२ श्रावण २०८०, बिहीबार ०७:४२ मा प्रकाशित

साउन ३२, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।

Advertisement

बिहीबार बिहान गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका आनुसार बिहीबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै, बिहीबार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here