पेट्रोलियम पदार्थको मूल्य बढ्यो


३१ श्रावण २०८०, बुधबार ०७:३६ मा प्रकाशित

साउन ३१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

Advertisement

निगमले मंगलबारराती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले बढाएको हो ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । यही साउन १६ गते नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढाएको थियो ।

खाना पकाउने एल.पी ग्यासको भने मूल्य बढेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here