माओवादी केन्द्रीय समिति बैठक : सदस्यहरूले धारण राख्ने क्रम जारी


२० श्रावण २०८०, शनिबार ०९:३७ मा प्रकाशित

साउन २०, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक शनिबार पनि बस्दैछ ।

Advertisement

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् । बैठक शनिबार बिहान ११ बजेदेखि पुनः बस्दैछ ।

बुधबारदेखि सुरू भएको बैठकमा शुक्रबारसम्म १ सय ४२ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखेका छन् । जारी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलकिो आलोचना गरेका छन् । बैठकमा सरकारको कामकारवाहीको भने प्रशंसा भईरहेको छ । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई ५ मिनेटको समय दिइएको छ ।

बैठकमा ३ सय ८७ पूर्ण र १ सय ९६ वैकल्पिक केन्द्रीय सदस्य,अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।

माओवादीले मातहतका समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार शुक्रबार केन्द्रीय समितिमा २२ जना महिला सदस्य थप गरेको छ । महिलाको संख्या थपिएसँगै माओवादीको केन्द्रीय समिति ४ सय ९ सदस्यीय पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here