कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने


१७ श्रावण २०८०, बुधबार ०९:१३ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ।

Advertisement

बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउनु हुनेछ।

थापा २६ दिनमा दुई पटक मूख्यमन्त्री नियुक्त हुनुभएको हो । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि पुनः उहाँकै मत प्रयोग गरेर बहुमतसहित दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघि सभामुख गौतमले नै समर्थन गरेका कारण सर्वोच्चले थापाको नियुक्ति असंवैधानिक ठहर गरेको थियो । ९३ सदस्यीय कोशीमा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्दछ ।

सभामुख गौतमलाई राजीनामा गराइएको भए पनि उपसभामुखले पनि राजीनामा दिएको अवस्थामा सत्ता गठबन्धनलाई अर्को समस्या आईलाग्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here