बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका संरचना हटायो


१२ जेष्ठ २०८०, शुक्रबार ०८:१८ मा प्रकाशित

बिर्तामोड \ झापाको बिर्तामोड–५ स्थित बुधबारे हटिया (देवी हाट) को संरचना बिर्तामोड नगरपालिकाले खाली गराएको छ । नगरपालिकाले आज सोमबार विहान ११ः३० देखी १० वटा डोजरको प्रयोग गरेर हटियाको संरचना खाली गराएको हो ।

Advertisement


बिर्तामोड नगरपालिकाको मातहतमा रहेको बुधबारे हटिया क्षेत्रको जमिनमा नगरपालिकाले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण गर्नकालागी पुरानो संरचना हटाउँनु परेको जनाएको छ । भवन निर्माणमा ९० प्रतिशत लगानी नगर विकास कोषले गर्ने निश्चित भएपछि नगरपालिकाका सबै वडाका जनप्रतिनिधिहरुसहित कार्यपालिकाको निर्णयले भवन निर्माण गर्न लागेको बताइएको छ /


यस अघि विभिन्न चरणमा व्यवसायीहरुलाई नगरपालिकाले जमिन खाली गरिदिन आग्रह गरेको थियो । उचित विकल्पको व्यवस्थापन हुनु पर्ने माग राख्दै आएका व्यवसायीहरुलाई केही वर्ष अघिदेखी नै नगरपालिकाले विकल्पको खोजी गर्न सुचित गराउँदै आएको जनाएको छ । नगरपालिकाको आग्रहलाई व्यवसायीले बेवास्ता गरेको भन्दै उक्त स्थानमा पालिकाले डोजरको प्रयोग गरि ठाँउ खाली गराएको हो । हटियाका टहरा लगायतका संरचना हटाउन डोजर चलाउँदा सामान्य अवरोध प्रयास भएको थियो ।


नगरपालिकाको डोजर बुधबारे हटियामा अघि बढेपछि विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतका व्यवसायी अगुवाहरुले डोजरमा चढेर चालकलाई गाडी अघि बढाउन नदिन दवाव सिर्जना गरेका थिए । तर नगरको डोजर रोकिएन । बरु १० वटा डोजर बुधवारे हटियामा एकसाथ एक्सनमा उत्रिएपछि वाणिज्य संघका नेताहरुसहित स्थानीय पसल सञ्चालकहरु पछि हटेका थिए । बुधवारे हटियामा १९४ वटा पसल संचालनमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here