बिर्तामोड नगर खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान


१२ जेष्ठ २०८०, शुक्रबार ०८:१२ मा प्रकाशित

बिर्तामोड । झापाका तीनजना फुटबलर गृहनगरमा सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, युवा फुटबलर निशान खड्का र अभिषेक बराल छन् ।

Advertisement

उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम कर्पोरेट सुपरसिक्स क्रिकेट प्रतियोगिता समापन कार्यक्रमका विच सम्मान गरिएको अध्यक्ष विकास गिरीले जानकारी दिए । तीनै जनालाई नगद ११ हजार र सम्मानपत्र प्रदान गरिएको सदस्य विशाल अग्रवालले बताए । कटुवाल बिर्तामोड १० तथा खड्का र बराल बिर्तामोड ५ का स्थायी बासिन्दा हुन् ।


साहि कार्यक्रमका विच डोमालाल राजवंशी रंगशालाको जग्गा दाताको परिवार भिम राजवंशीलाई पनि सम्मान गरिएको छ । राजवंशीलाई नगद ५ हजार एक सय सहित सम्मान पत्र प्रदान गरियो ।

कार्यक्रममा कटवाल उपस्थित थिए भने खड्का र बराल ए डिभिजन लिगका कारण आउन सकेनन् । सम्मानित कटुवाल र राजवंशीलाई नगर उपप्रमुख नगेन्द्र संग्रौलाले सम्मानपत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here