बौद्वमोड स्कूलले गर्यो निशुल्क आँखा शिविर


२ पुष २०७९, शनिबार १९:१४ मा प्रकाशित

बाहुण्डाँगी । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

Advertisement

विद्यालय परिषरमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीयको आँखा परीक्षण गरिएको थियो । शिविरमा मेचीनेत्रालयको प्राविधिक सहयोग रहेको थियो । भने हेल्पिङ ह्यन्ड्स सामुदायिक अस्पताल चावहिल काठमाडौंले आँखाको रोगीहरुकोलागि आवश्यक चश्मा निशुल्क उपलब्ध गराएको थियो । अस्पतालले आँखामा जटिल समस्या भएका र शल्यक्रिया गर्न आवश्यक देखिएका विरामीलाई निशुल्क शल्यक्रिया समेत गरिदिने भएको छ ।

मेचीनगर २ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि श्रदेय आश्रम धुलाबारीकी प्रमुख प्रभारी महात्मा सुवर्ण बाइजी, नेपालमानव धर्म सेवासमिति धुलाबारीका अध्यक्ष दशरथ राई लगायतले बोलेका थिए ।

कार्यक्रमको औचित्यमाथि विद्यालयका सञ्चालक सचिन निरौलाले प्रकाश पारेका थिए । विद्यालयकी प्रिन्सिपल भावना राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहयक प्रिन्सिपल रोषन घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here