पर्यटकलाई पर्खिरहेको बृन्दावन


२ पुष २०७९, शनिबार १७:५७ मा प्रकाशित

बाहुण्डाँगी । मेचीनगर वडा नम्बर –३ स्थित तेलपानी सामुदायिक वन क्षेत्रमा भर्खरै निमार्ण भएको पर्यटकीय गन्तब्य बृन्दावन पर्यटकीय क्षेत्र पर्यटकहरुको पर्खाइमा रहेको छ ।

Advertisement

केही दिन अगाडिबाट मात्रै सर्बसाधारणको लागि खुल्ला भएको यो पर्यटकीय स्थलको प्रचारको निम्ति शनिबार तेलपानी सामुदायिक वन उपभोक्ता समितिले प्रचारात्मक वनभोज कार्यक्रमको आयोजना गरेको थियो ।

औपचारिक रुपमै सम्पन्न उक्त वनभोज कार्यक्रमकको प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपाल बुढाथोकी रहेका थिए भने अध्यक्षता वन समितिको अध्यक्ष पर्शुराम पोखरेलले गरेका थिए । त्यसै गरी अतिथिहरुमा मेचीनगर वडा –३ का अध्यक्ष हर्क बहादुर बस्नेत, वडा ४ का अध्यक्ष अर्जुन कुमार कार्की, वन महासंघ जिल्ला अध्यक्ष वेदप्रकाश भण्डारी, वन महासंघ केन्दीय प्रतिनिधि संगिता थापा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य रेणुका डाँगी, नेकपा एमाले जिल्ला सदस्य रमा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा मेचीनगर– ३ का वडाध्यक्ष वडा ४ का वडाध्यक्ष र वन महासंघ जिल्ला अध्यक्षले शुभकामना मन्तव्य राखेका थिए । मेचीनगर वडा –४ का अध्यक्ष अर्जुन कुमार कार्कीले बृन्दावन पर्यटकीय क्षेत्रको बिकासको निम्ति १ लाख आर्थिक सहयोग गर्ने बताएका छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बृन्दावन पर्यटकीय क्षेत्रमा सबैलाई स्वागत गर्दै तेलपानी वनका अध्यक्षले यस क्षेत्रलाई जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउनेमा जोड दिए । तपतपे पाथिभरा मन्दिर र बृन्दावन हुँदै कुर्सीढुङ्गासम्म पदयात्राका लागि समेत मार्ग निर्माण गर्ने योजना रहेको छ अध्यक्ष पोखरेलले बताएका छन् । साथै उनले यस पर्यटकीय क्षेत्रको घेराबाराको निम्ति स्थानीय सरकारसँग सहयोग पनि मागेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले यस क्षेत्रको बिकासका निम्ति सक्दो सहयोग गर्ने र यस्ता पर्यटकीय क्षेत्रहरुसँग हातेमालो गर्दै नगर बिकास गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here