बुद्धशान्तिमा करुवा प्रहार गरि श्रीमतीको हत्या, श्रीमान पक्राउ


२४ कार्तिक २०७९, बिहीबार ११:४६ मा प्रकाशित

बुद्धशान्ती । झापाको बुद्वशान्तिमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

Advertisement

आज बिहान अन्दाजी ३ बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बुधबारे बजारमा सुन पसल सञ्चालन गरी बस्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले आफ्नै २६ वर्षीय श्रीमतीसपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेको र निजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भारतको महाराष्ट्र गुरेली ग्राम पंचायत घर भई हाल बुद्धशान्ति गाउँपालिका १ बुधबारेमा घर डेरा लिएर सुन पसल संचालन गर्दै आएका गोरड र उनकी श्रीमतीको सामान्य विवाद हत्यासम्म पुगेको र करुवा प्रहार गर्ने रघु नाथ गोरडलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here