शर्माकै वडामा काङ्ग्रेस र माओवादी छाडेर एमालेमा प्रवेश


२४ कार्तिक २०७९, बिहीबार १०:०२ मा प्रकाशित

धुलाबारी । बिहीबार नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह वडा मेचीनगर – ९ स्थित माथ्लो मागुरमाडीका नेपाली काङ्ग्रेस र नेकपा माओवादी दर्जन बडी कार्यकर्ता एमाले प्रवेशमा गरेका छन् ।

Advertisement

आज विहान आयोजित एक कार्यक्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी दर्जन बडी कार्यकर्ता एमाले प्रवेशमा गरेको नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा मेचनगर – ९ को संयुक्त चुनाव प्रचार कमिटिकी संयोजन रेणुका डाँगीले बताइन् ।

नेकपा एमालेका स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री अग्नि खरेलले नवप्रवेशीहरुलई अबिर र खादा लगाएर स्वागत गरे । उक्त कार्यक्रममा गोपाल भट्टराई, मानबहादुर तामाङ, गीता गुरुङ, बेद सुब्बा, दिपेश धमला र कल्पना खवास नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् भने कल्पना मगर, ललित मगर लगायतका माओवादी केन्द्रका कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

सुकुम्बासी, श्रमिक र किसानका समस्याको समाधान नेकपा एमालले विगतदेखि गर्दै आएको धारणा राख्दै नवप्रवेशी गोपाल भट्टराईले काङ्ग्रेसले गफ मात्र गर्ने काम केही पनि नगर्ने बताएका छन् । ‘हामी झापा–१ का सम्पूर्ण सुकुम्बासी, श्रमिक र किसानले सूर्य चिह्नमा मतदान गरेर नेकपा एमालेका प्रभावशाली एवम् विकासप्रेमी उम्मेदवार अग्नि खरेललाई शानदार रुपमा बिजयी गराउने छौँ’ उनले बताए ।

कार्यक्रमको अध्यक्षता सोही टोलका एमाले अध्यक्ष ठाकुर अधिकारीले गरेका थिए भने सो अवसरमा स्थानीय बासिन्दाले आफ्नो गाउँ र समुदाय विकासमा ज्यादै पछाडि परेको गुनासो पनि सुनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here