एमाले घोषणापत्र पाँच वर्षका लागि २० ग्यारेन्टी


१५ कार्तिक २०७९, मंगलवार १६:१२ मा प्रकाशित

झापा । नेकपा एमालेले आगामी चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले पाँच वर्षमा गर्ने मुख्य कामलाई २० ग्यारेन्टीमा समेटेको छ ।

Advertisement

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल डिस्प्लेमा घोषणापत्र सार्वजनिक गरेका थिए ।

यि हुन् एमालेको २० ग्यारेन्टीहरुः

१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने,

२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने,

३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने,

४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने,

५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने,

६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने,

७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने,

८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने,

९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क,

१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क,

११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने,

१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने,

१३. ‘व्यवस्थित सहर ः स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने,

१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने,

१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने,

१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने,

१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने,

१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने,

१९. ‘सभ्य समाज ः मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने,

२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here