जनताका चासो, गुनासो र आशालाई पूरा गर्छौं : एमाले नेता अग्नि खरेल


१३ कार्तिक २०७९, आईतवार १८:११ मा प्रकाशित

काँकरभिट्टा । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेलले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।

Advertisement

पूर्व कानुन मन्त्री तथा पूर्व महान्यायाधिवक्ता झापा क्षेत्र नं.१ प्रतिनिधि सभाका उम्मेदवार खरेलले मेचीनगर नगरपालिका १५ स्थित सुकुमबासी बस्ती बिचार्नीमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले जनताको पार्टी भएको बताए ।

गठबन्धनले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै उनले देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य रहेको उनको भनाइ छ ।

एमाले केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्यका उम्मेदवार रविन कोइरालाले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दावी गरे ।

अन्य राजनीति पार्टी भन्दा तुलनात्मक रूपमा बलियो रहेको यस क्षेत्रमा अहिले एमालेले उम्मेदवार भेटघाट कार्यक्रमलाई तिब्रता दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here