कुचो व्यवसायी संघको साधारण सभा सम्पन्न


२५ भाद्र २०७९, शनिबार २१:२१ मा प्रकाशित

धुलाबारी । शनिबार नेपाल कुचो व्यवसायी संघको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगरको बाँसवारी पर्यटकीय स्थलमा संस्थाले आफ्नो साभरण सभा सम्पन्न गरेको हो ।

Advertisement

कुचो व्यवसायी संघका अध्यक्ष तेजराज प्रसाईंको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश सांसद श्रीप्रसाद मैनालीको उपस्थिती रहोको थियो । त्यसै गरी अतिथिहरुमा संस्थाका सल्लाहकार पन्नालाल जैन, रामचन्द्र चौधरी,बद्री गुप्ता, रामेश्वर चौधरी र प्रदिप चौधरीको लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्तव्यको क्रममा प्रमुख अतिथि मैनालीले आफू पनि व्यवसायी नै भएको चर्चा गर्दै हाल आर्थिक मन्दीले सबै किसिमका व्यवसायहरु मारमा परेको बताएका छन् । ‘कुच्चो व्यवसाय प्रदेश नं. १ कै महत्त्वपूर्ण व्यवसाय भएको कारण यसको सम्बद्र्धन सरकारले गर्नुपर्छ र यसलाई अन्तर्राष्ट्रिय करण गर्नुपर्छ’ सांसद मैनालीले बताए ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कुचो व्यवसायी पन्नालाल जैनले कुचो व्यवसायीहरुलाई मेचीनगर नगरपालिकाले सरसफाइका नाम लिदैहाएको कर हटाउनु पर्ने माग गरेका छन् ।

यसै गरी कार्यक्रममा इलामका कुचो व्यवसायी खड्ग बराललगायतले पनि मन्तव्य राखेका थिए ।

वि.सं. २०३० सालदेखि कुचोको व्यवसाय हुँदै आएको धुलाबारीमा वि.सं. २०६३ सालमा नेपाल कुचो व्यवसायी संघको स्थापना भएको हो । यस संस्थाले लामो समयदेखि कुचो व्यवसायीहरुको हक हितको लागि काम गर्दै आएको छ ।

कार्यक्रमको सञ्चालन संघका महासचिव कृष्ण कनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here