इष्ट होराइजनमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ सम्बन्धी कार्यक्रम


२५ भाद्र २०७९, शनिबार २१:११ मा प्रकाशित

मेचीनगर । क्वेस्ट नेपालले ७औँ झापा हब सम्मेलन अन्तरगत ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (एसक्युसी) धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ ।

Advertisement

शनिबार धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविमा क्वेष्ट नेपालले विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा क्वेष्ट नेपालकी सभापति एवम् ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल सुनिरा एस गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, इष्ट होराइजनका प्रिन्सिपल सञ्जीव राई, झापा हवका सचिव ओमविक्रम नेम्बाङ, हवका कोर्डिनेटर गुणराज गिरी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको आयोजक झापा हव र सहजिकरण इष्ट होराइजन माविले गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुबीच एसक्युसीको आवश्यकता यसको मत्त्व र विद्यार्थीहरुले यस संस्थाप्रति हेर्ने दृष्टिकोण लगायतको विषयमा प्यानल डिस्कसन पनि भएको थियो । त्यसको सहजिकरण स्मारिका स्कुलकी कोर्डिनेटर संगीता राईले गरेकी थिइन् ।

प्यानल डिस्कसनका विषयमा राखिएका जिज्ञासा विद्यार्थीहरुले सहजै उत्तर दिएका थिए । विद्यार्थीहरुबीच भएको प्यानल डिस्कसनका विषयमा सुमित लिम्बु सुझाव दिएका थिए । आर्ट, क्यालेज, कथा लेखन र प्रेजरहन्टका विद्यामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुले पुरस्कार पाएको कार्यक्रमका संयोजक नविन दाहालले जानकारी दिए ।

कार्यक्रममा होराइजनका विद्यार्थीहरुले नित्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन होराइजनी शिक्षिका रोखा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here