विर्तामोड खोप छानविनको प्रतिवेदन आयो, मनसाय गलत नदेखिएको निश्कर्ष


७ भाद्र २०७८, सोमबार २०:०४ मा प्रकाशित

बिर्तामोड, ७ भदौं ।। विर्तामोडस्थित टाइमलेस होटलमा खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानवीन प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा खोप होटलमै लगाउने गलत मनसायले नपुर्याइएको जनाइएको छ ।

संयोजक रिमालले गलत मनसायले होटलमा खोप पुर्याएको नभए पनि चरम लापरवाही भने देखिएको बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकार श्रवणकुमार तिम्सिनालाई प्रतिवेदन हस्तान्तर गर्दै खोप पठाउने जनस्वास्थ्य कार्यालय र फोकल पर्सन ओम खड्काको गम्भीर त्रुटि देखिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिवेदन बुझ्दै सो बारे मंगलबार हुने कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकमा छलफलको निर्णय बमोजिम  प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाई र अनुसन्धान अधिकृत किरण भट्टराई रहनुभएका समितिले विर्तामोड नगरपालिकालाई पठाएको १०३ भाइल खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटी भएको देखिएकाले खोप बुझाउने र बुझ्ने दुवै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न सुझाव दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here