एमाले विभाजन हुँदा झापाको समानान्तर कमिटीले माधव नेपाललाई समर्थन गर्ने


५ भाद्र २०७८, शनिबार २१:५६ मा प्रकाशित

झापा, ५ भदौं ।। नेकपा एमाले झापामा बनेको समानान्तर कमिटीले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) दललाई समर्थन गर्ने भएको छ ।
शनिबार विर्तामोडमा आयोजित नेकपा एमाले समानन्तर कमिटिको भेलाले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको आधार समाप्त पारेको र उनको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने ठहर गर्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको अध्यक्ष रेग्मीले बताउनु भयो । बैठकले कम्युनिष्ट आन्दोलनलाई बचाउन ओली नेतृत्वको एमालेबाट विद्रोह गर्न पनि सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेको रेग्मीले बताउनु भयो ।
बैठकमा एमाले नेता नरेश खरेल, लोकबन्धु कन्दङ्वा, रोमणी भट्टराईलगायतको सहभागिता थियो । समानान्तर कमिटी गत वैशाख ३ गते झापाको विर्तामोडमा माधव नेपालको उपस्थितिमा घोषणा भएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here