नेतृत्वमा देखिएको अहंकारी र स्वैच्छाचारी प्रवृत्ति एकताको बाधक : झापा एमाले नेपाल समुह


२ श्रावण २०७८, शनिबार १९:२९ मा प्रकाशित

झापा, २ असार ।। नेकपा एमाले माधव नेपाल समुहको झापा भेला शनिवार सम्पन्न भएको छ । भेलाले पार्टीको बर्तमान अवस्थाको समीक्षा गदै पार्टी एकताका निम्ति अहंकरी र स्वैच्छाचारी प्रवृत्ति बाधक भएको निश्कर्ष निकालेको छ ।
एमाले नेपाल समुहका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न भेलाले पार्टी एकताका निम्ति अन्तरसंघर्ष र एकता प्रयाससँगसँगै लिएर जाने निश्कर्ष पनि निकालेको अध्यक्ष रेग्मीले बताउनु भयो ।

Advertisement

एमालेको एकता संकटमा परेका बेला पार्टी अध्यक्ष ओलीकै गृह जिल्लाका कार्यकर्ताहरुको शनिवार सम्पन्न भेलाले बर्तमान नेतृत्वमा रहेको अहंकारी र स्वैच्छाचारी प्रवृत्तिका विरुद्ध संघर्ष जारी राख्ने, कुनै नेतालाई निषेध गरेर गरिने कुनै पनि कार्यक्रम र गतिविधिको विरोध गर्ने र त्यसखाले कार्यक्रममा सहभागी नहुने र पार्टी एकता र कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । भेलामा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा झापा इन्चार्ज रविन कोइरलाले वर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै नेपालमा कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न चाहने शक्तिहरु सक्रिय भएको बताउनु भयो । केन्द्रिय सदस्य कोइरालाले त्यसखाले तत्वहरु पार्टी भित्र र बाहिर जहाँ भए पनि सम्झौताहिन संघर्ष जरुरी रहेको बताउनु भयो । पार्टी एकताका लागि भइरहेका प्रयासहरुलाई खण्डित गर्ने गरी नेतृत्वबाट भएका गतिविधिहरुको आलोचना गर्दै नेता कोइरालाले भन्नु भयो, “कसैलाई निषेध गरेर, अपमानित गरेर पार्टी एकताको कुरा गर्नु पार्टी एक हुन कुनै हालतमा दिन्न भन्नु जस्तै हो ।” पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलीले माधव नेपाललाई बाटो बन्द भएको भनेर गरेको टिप्पणी प्रति लक्षित गर्दै केन्द्रिय सदस्य कोइरालाले यस्तो धारणा राख्नु भएको हो ।
भेलामा बोल्दै अर्का केन्द्रिय सदस्य भास्कर काफ्लेले दुई तिहार बहुमतको सरकार टिकाउन नसक्ने, पार्टी एकता बचाउन नसक्नेहरुले अब आत्म समीक्षा गर्नु पर्ने बेला भएको बताउनु भयो । एउटा मनपरी गर्दै जाने र अरुले सहदै बस्नु पर्ने अवस्थाको अब अन्त्य हुनु पर्ने नेता काफ्ले बताउनु भयो । भेलाले कम्युनिष्ट आन्दोलनको रक्षा र पार्टी एकताका निम्ति दोस्रंो पुस्ताका नेताहरुले गरेको प्रयत्नको प्रसंसा गर्दै आवश्यक परे हस्तक्षेत गरेर अघि बढ्न समेत सुझाव दिएको जिल्ला कमिटी उपाध्यक्ष चन्द्रा श्रेष्ठले बताउनु भयो । भेलामा प्रदेश कमिटी सदस्य तथा पूर्व साँसद पुष्पराज पोखरेल रोमणि भट्टराई, विनोद आचार्य, इन्द्रबहादुर बुढाथाकी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here