मेचीनगरको नगरसभा स्थगित : वडा अध्यक्षमाथि भएको हातपात र अभद्र ब्यवहारको छिनोफानो हुनु पर्ने भन्दै परिषद सदस्यले गरे सभा बहिस्कार


२० असार २०७८, आईतवार २०:४६ मा प्रकाशित

मेचीनगर, २० असार ।। मेचीनगर नगरपालिकाको जारी नगर सभा परिषद सदस्यहरुले नै बहिस्कार गरे पछि स्थगित भएको छ । नेकपा एमाले पक्षका जनप्रतिनिधिहरुद्वारा नगर सभा बहिस्कार गरे पछि स्थागित भएको हो । असार १० गते बजेट प्रस्तुत गरे पछि २० गते पुन बस्ने गरी स्थगित भएको नगरसभा आज शुरु भएको थियो । सुरु भए लगत्तै एमाले पक्षका जनप्रतिनिधिले वडा नं. १३ का वडा अध्यक्ष कृष्ण सिग्देलमाथि भएको अभद्र ब्यवहारको छलफल गरेर मात्रै अघि बढ्नु पर्ने माग राखेर बहिस्कार गरे पछि नगरसभा स्थगित भएको मेचीनगर कार्यपालिका सदस्य टिकाराम मगरातीले बताउनु भयो ।

Advertisement

गत शुक्रवारको अविरल वर्षाबाट मेचीनगर १३ चारआली स्थित ‘स्थानीयको घर भित्र बाढीको पानी पसे पछि बाढीलाई निकास दिन स्थलगत रुपमै काम गरिरहेको बेला वडा अध्यक्ष सिग्देलमाथि हातपात भएको छ र ‘जनताको काम गर्दा जनप्रतिनिधिले नै कुटाई खानु पर्ने अवस्था आउनु अत्यन्तै दुःखद भएको मग्रातीले बताउनु भयो । कार्यपालिका सदस्य मंग्रातीले “यस्तो अवस्थामा उल्टै जनप्रतिनिधिलाई मुद्दा लगाउने तर नगरपालिकाले भने त्यो बिषयलाई बेवास्ता गरे पछि हामी नगरसभा बहिस्कार गर्न बाध्य भयौंं,” भन्नु भयो ।

यस सन्दर्भमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबासीको भविश्यसंग जोडिएको नगरसभा बिथोलिने गरी जनप्रतिनिधिले बहिस्कार गर्नु दुःखत भएको बताउनु भयो । नगरप्रमुखले भन्नुभयो, ‘“जनप्रनितिधिमाथि भएको दुर्ब्यवहारको बिषयमा नगरपालिकाले संस्थागत रुपमा कानूनी उपचार खोज्ने क्रममा छलफल र परामर्श गरिरहेको बेला नगरसभा नै बहिस्कार गर्नु दुर्भाग्यपूर्ण छ ।’

जनप्रतिनिधिमाथि भएको दुर्ब्यवहारलाई नगरपालिकाले गभ्भिर ढंगबाट लिएको समेत नगरप्रमुख आचार्यले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here