प्रतिबन्धित औषधी सहित एक जना पक्राउ


२० असार २०७८, आईतवार १८:४३ मा प्रकाशित

सुनसरी, २० असार । सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधी CETADOL-50 ३९० क्याप्सुल र SPASPAIN ३९० क्याप्सुल फेला पारेको थियो । दासको सप्तरी अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरान कोठा भाडामा बस्दै आएका थिए । पक्राउ परेका दासको थप अनुसन्धान भईरहेको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here