खोलाले बगाएर एक जनाको मृत्यु


२० असार २०७८, आईतवार १८:४० मा प्रकाशित

उदयपुर, २० असार । उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट अन्दाजी २०० मिटर दक्षिणमा राईको मृत लाश फेला परेको हो । लाशको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागी स्वास्थ्ये चौकी बेलटार पठाईएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here