एकका लागि एक अभियानको सफलता, आजबाट सुरु भयो अक्सिजन बैंक


२६ जेष्ठ २०७८, बुधबार १६:२५ मा प्रकाशित

झापा, २६ जेष्ठ ।। बिस ।। झापामा सञ्चालित एकका लागि एक अभियाननले सुरु गरैको अक्सिजन बैंक स्थापना गर्ने अभियान आज पूरा भएको छ । अक्सिजन बैंकको आज झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।

Advertisement

कोरोना प्रकोपका कारण अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने अभियान सुरु गरेको थियो । अभियानले जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग जुटाएको छ । देशभित्र र बाहिर रहेका नेपालीले अभियानलाई१ सिलिन्डर बराबर १५ हजारका दरले सहयोग गरेका छन् ।

अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताउनु भयो । संयोजक गिरीका अनुसार सिलिन्डर खरिद गरेर बाँकी रहेको रकम कोभिड नियन्त्रण कै लागि खर्च गरिने छ । सो सिलिन्डर जिल्लाका अस्पताल , आइसोलेशन सेन्टर र सर्बसाधरणलाई उपलब्ध गराइने छ ।

अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ । रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ । अभियानले सरकारी, निजी क्षेत्र र उद्योगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने सोच बनाएको अभियानका संयोजक गिरीको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here