सुरुङ्गा जेसिजले कनकाई अक्सिजन प्लान्टका लागि दियो एक लाख ४ हजार


२६ जेष्ठ २०७८, बुधबार १५:३९ मा प्रकाशित

कनकाई, २६ जेष्ठ ।। बिस ।। कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि सुरुङ्गा जेसिजबाट नगद १ लाख ४ हजार २ सय रुपैँया सहयोग भएको छ ।
नगरपालिकाले सुरु गर्न लागेको अक्सिजन प्लान्टका लागि उक्त सहयोग रकम आज कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई सुरुङ्गा जेसिज बर्ष २०२१ की अध्यक्ष यदुका उप्रेती, निर्वतमान अध्यक्ष त्रिलोचन उप्रेती लगायातको समुहले हस्तानतरण गर्नुभयो । जेसिजले आफ्ना सदस्यहरुबाट संकलित रकम अक्सिजन प्लान्टका लागि हस्तानतरण गरेको हो ।

Advertisement

कनकाई नगरपालिकाद्धारा कनकाई नगर अस्पतालमा संचालनमा आउन लागेको अक्सिजन प्लान्टका लागि २ करोड रुपैँया लाग्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कनकाई नगर अस्पतालमा स्थापना हुन लागेको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १० लाख रुपैँया सहयोग गरिसक्नुभएको छ , २ करोड लागतमा बन्न लागेको अक्सिजन प्लान्टका लागि नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here