दिलवाले सहित विभिन्न ब्राण्डका ५ सय कार्टुन भन्दा बढि सिल प्याक मदिरा बरामत


२४ जेष्ठ २०७८, सोमबार १५:१३ मा प्रकाशित

बिराटनगर, २४ जेष्ठ ।। बिस ।। मोरङ जहदा गाउँपालिका १ बुधनगरमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको करिब ४ लाख ९० हजार मूख्य बराबरको सिल प्याक मदिरा प्रहरीले बरामद गरेको छ । राती साढे १ बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सो मदिरा बरामत गरेको हो ।
सिल प्याक अवस्थामा रहेको मदिरा को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँँकी बेबारिसे अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । बरामद मदिरा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल रहेका छन् । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइको प्रहरीले बताएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here