बिर्तामोड नगर अस्पतालको फार्मेसी टेन्डर रितपूर्वक


२३ जेष्ठ २०७८, आईतवार १०:१७ मा प्रकाशित

झापा, २३ जेष्ठ ।। बिस ।। बिर्तामोडको नगर अस्पतालमा रहेको फार्मेसी सञ्चालनका लागि रितपूर्वक टेन्डर गरिएको विर्तामोड नगरपालिकाले बताएको छ । फार्मेसी सञ्चालनका लागि बैधानिक प्रकृया पुरा गरी टेन्डर आव्हान गरिएको र विधिसम्मत कार्य सम्पादन भएको नगरले बताएको छ ।

Advertisement

फार्मेसी सञ्चालनका लागि नगरपालिकाले २०७८ साल बैशाख २३ गते सार्वजनिक सूचना जारी गरेको थियो । जसका लागि वार्षिक न्युनतम बाह्र लाख रुपैयाको शिलबन्दी दरभाउ पत्र पेश गर्न आव्हान गर्न सार्वजनिक सूचना गरिएको थियो । तथ्यहरुको अध्यायन नै नगरी केही दिन अगाडि केही संचार माध्यममा यसबारे भ्रमपूर्ण समाचार प्रकाशन गरिएको प्रति नगरपालिकाले दुख व्यक्त गरेको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाको वेब साइट र सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित सार्वजनिक सूचनाका आधारमा बिभिन्न ५ वटा फर्मले दरभाउ पत्र पेश भएका थिए । जसका लागि जनकल्याण फार्मेसी बिर्तामोड ५, अमन फार्मेसी बिर्तामोड ७, कन्काई माई ड्रग हाउस बिर्तामोड ५, पुष्पलता मेडिकल हल बिर्तामोड ४ र कालिमा ड्रग डिष्ट्रिव्युटर्स अर्जुनधारा ११ ले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए ।
जसमध्ये कालिमा ड्रग डिष्ट्रव्युटर्स अर्जुनधारा ११ ले सबैभन्दा बढी ३६ लाख ६० हजार (भ्याट बाहेक) शिलबन्दी दर भाउ पत्र पेश गरेको नगरपालिकाको सूचना प्रविधि अधिकृत जयराम चौलागाईले जानकारी दिनु भयो । उहाँका अनुसार जनकल्याण फार्मेसीले १२ लाख ११ हजार, अमन फार्मेसीले १२ लाख, कन्काई माई ड्रग हाउसले १६ लाख ४९ हजार ७९९ रुपैयाँ ९७ पैसा र पुष्पलता मेडिकल हलले ३६ लाख रुपैयाँको शिलबन्दी दरभाउ पत्र पेश गरेका थिए ।

नगरपालिकाका उपसचिव तिलचन भण्डारीको संयोजकत्वमा बोलपत्र मूल्यांकन समिति गठन गरेको छ । सो बोलपत्रको सार्वजनिक सूचनाका आधारमा आवश्यक प्रक्रिया पुरा गरेर सम्झौता हुने नगरपालिकाले जनाएको छ ।

यता बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा सञ्चालनका लागि स्वास्थ्य विमा वोर्डका निर्देशक दामोदर बसौला र नगरप्रमुख धु्रबकुमार शिवाकोटी विच २०७७ फागुन २७ गते सम्झौता गरिसकेको छ । जसका आधारमा गत जेठ १ गतेदेखि सो सेवा सुचारु गर्नुपर्नेमा कोरोना संक्रमणका कारण आन्तरिक व्यवस्थापनमा ढिलो भएको नगरपालिकाका शाखा अधिकृत देवराज कार्कीले बताउनु भयो । उहाँले बिमाको सेवा चाँडै सुचारु गर्ने जानकारी दिनु भयो । शाखा अधिकृत कार्कीले भन्नु भयो,–“ जेठ १ गतेबाट बिर्तामोड नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने कानूनतः सही हो । तर, कोरोना संंक्रमणका कारण आन्तरिक ब्यवस्थापनमा ढिलाई भएको हो ।” कार्कीका अनुसार कोरोना प्रकोपको अवस्था हेरेर तत्कालै सेवा सुचारु हुनेछ ।
बिर्तामोड नगरपालिकाका प्रबक्ता अग्निप्रसाद पाण्डेले नगर भित्रका स्वाथ्य बिमाको कार्यक्रम हाल कोभिडका कारणले केही प्रभावित भएको बताउनु भयो । यस्तो विषयमा सञ्चार माध्यमले समाचार प्रसारण गर्दा सत्य तथ्य बुझेर प्रसारण गरिदिनु हुन समेत प्रवक्ता पाण्डेले अनुरोध गर्दै सर्वसाधारणमा भ्रम सिर्जना हुने कुनै पनि कार्य नगरिदिनु हुन आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here