आम्दा सञ्चालनका लागि सहकारीकर्मी भट्टराईको प्रस्ताव: मेचीनगरका सहकारी मिलेर सञ्चालन गर्दा कसो हुन्छ ?


२१ जेष्ठ २०७८, शुक्रबार १२:१३ मा प्रकाशित

मेचीनगर । २१ जेष्ठ ।। बिस ।।

Advertisement

मेचीनगरमा जब स्वास्थ्य समस्या आउँछ, जब जब स्वस्थ्य चौकी र अस्पतालको कुरा उठ्ने गर्छ, तब धुलावारी स्थित मेची आम्दा अस्पतालले चर्चा पाउँने गरेको छ । अस्पतालमा अक्सिजन प्लान्टका लागि केही दिन अघि मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ, आम्दा मेची अस्पताल र रोटरी क्लबबीच सम्झौता सम्पन्न भएको थियो । यसका लागि आवश्यक सहयोग छुट्ने व्रmममा छ । यहि बेला अस्पताललाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न पूर्वीगृह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विपी भट्टराईले सहकारी मोडेलमा सञ्चालन प्रस्ताव गर्नु भएको छ । सहकारीकर्मी भट्टराईले आफ्नो फेसकुब स्टाटस मार्फत यस्तो प्रस्ताव गर्नु भएको हो । प्रस्तावमा अधिकाँश सकरात्मक पतिक्रिया आएको छ ।
मेचीनगरमा रहेका सहकारी संस्थाहरु मिलेर साझा रुपमा सहकरी मोडेलमा सञ्चालन गर्न सके यसको प्रभावकारी बढ्ने र मेचीनगरका आम नागरिकले सस्तो र सजिलो स्वस्थ्य सेवा पाउँने भट्टराईले बताउनु भयो । आम्दा मेची अस्पतालको सञ्चालन व्यवस्थापनका सन्दर्भमा पटक पटक कुरा उठ्दै आएको छ ।

प्रस्तावप्रति प्रदेश सांसद बुढाथोकी र वाणिज्य संघका अध्यक्ष तिम्सिना सकरात्मक
भट्टराईले गरेको प्रस्तावको समर्थन गर्दै प्रदेश साँसद गोपाल बुढाथाकीले प्रसंशा गर्नु भएको छ । कमेन्ट बक्समा बुढाथोकीले पहिलो कमेन्ट गर्नु भएको छ । उहाँले प्रस्तावको प्रसंशा गर्दै “उत्तम प्रस्ताव” भन्नु भएको छ । त्यसैगरी मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले सो प्रस्तावमाथि सकरात्मक प्रतिव्रिmया दिनु भएको छ । अध्यक्ष तिम्सिनाले लेख्नु भएको छ,– “आम्दालाई ठुलो लगानी चाहिएको छ, समाजका लागि लगानी जसले गर्छ र भरपर्दो हस्पिटलको रुपमा यो क्षेत्रमा सेवा दिन्छ त्यसले चलाउनु उपयुक्त हुन्छ” ।

वाणिज्य संघका पूर्व अध्यक्ष डालमियाको फरक धारणा
मेची आम्दा अस्पताल स्थापनादेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमियाको भने सो प्रस्तावमा फरक मत रहेको छ । मेची आम्दा अस्पताल सामुदायिक प्रकृतिको भएकाले यसलाई नीजिलाई जसरी सञ्चालन गर्न दिन नहुने डालमियाको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here