अल्मुताइरीद्वारा ताइपेईविरुद्धको जित स्वास्थ्यकर्मीहरूका लागि समर्पित


२१ जेष्ठ २०७८, शुक्रबार १०:२३ मा प्रकाशित

झापा । २१ जेष्ठ ।। बिस ।।

Advertisement

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार भएको जित कोभिड–१९ विरुद्ध खटिएका नेपालका अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूप्रति समर्पित गरेका छन् ।

बिहीबार राति कुवेतको जाबेर अल अहमद रंगशालामा भएको विश्वकप फुटबल छनोटअन्तर्गतको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० को गोलको जित निकालेको थियो । जितका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले १–१ गोल गरे ।

प्रशिक्षक अल्मुताइरीद्वारा ताइपेईविरुद्धको जित अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूका लागि समर्पित
पहिलाे गाेलपछि नेपाली खेलाडीकाे सेलिब्रेसन । तस्वीर-एन्फा

खेलको चौथो मिनेटमा ताइपेका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई विष्टले गोलमा परिणत गरे । यसअघि उनले मे २९ मा इराकविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका विष्टका लागि यो दोस्रो अन्तर्राष्ट्रिय गोल थियो ।

यस्तै खेलको ६९ मिनेटमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८१औं मिनेटमा सुमन अर्यालको सटिक क्रसलाई गोलमा परिणत गर्दा नेपालले ताइपेईविरुद्धको गोलअन्तरलाई दोब्बर बनायो ।

प्रशिक्षक अल्मुताइरीद्वारा ताइपेईविरुद्धको जित अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूका लागि समर्पित
गाेलपछि सेलिब्रेसन गर्दै नवयुग श्रेष्ठ । तस्वीर-एन्फा

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको नेपालले उच्च मनोबलका साथ खेलेको थियो । प्रशिक्षक अलमुताइरीले अञ्जनको पहिलो गोलले खेल नियन्त्रणमा राख्न मद्दत पुगेको बताए । खेलाडी र सम्पूर्ण कोचिङ स्टाफको कडा परिश्रमका कारण जित सम्भव भएको उनको भनाइ छ ।

मुताइरीले एएफसी एशियाली क्वालिफायर छनोटका लागि ताइपेविरुद्धको खेल जित्नु नेपालका लागि महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘यो केवल सुरुवात हो, हामीसँग दुई खेलहरू अझै बाँकी छन् ।’

नेपालले जुन ७ सोमबार सोही मैदानमा जोर्डनविरुद्ध खेल्नेछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here