मेची अभियान मानवीय सेवामा : अब ननकोभिडका लागि टेलिमेडिसिन सेवा ।


१७ जेष्ठ २०७८, सोमबार १०:३५ मा प्रकाशित

मेचीनगर, १७ जेष्ठ । यतिबेला अस्पतालहरु कोभिडका विरामीले भरिएका छन् । उपचार अभावमा कयौको मृत्यु भइरहेको छ । सम्पूर्ण स्वास्थ्य क्षेत्र र राज्य कोभिड नियन्त्रणमा केन्द्रीत छ । यस्तो बेला अन्य रोगका विरामीहरु ठुलो मर्कामा पर्ने गरेका छन् । उनीहरुको रेखदेख र उपचार संकटपूर्ण भनेको छ । कोभिड बाहेकका विरामीले समेत समयमा उपचार नपाएर मृत्यु हुने अवस्था छ । यस्तो अवस्थामा कोभिड बाहेकका (ननकोभिड) बिरामीका लागि उपचार सहज बनाउन झापाको मेची अभियानले टेलिमेडिसिन सेवा सुरु गर्ने भएएको छ ।
मेची अभियानले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी टेलिमेडिसिन सेवाका बारेमा जानकारी गराएको गराएको हो । अभियानले झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र भद्रपुर नगरपालिकाका ननकोभिड बिरामीहरुका लागि विशेषज्ञ चिकित्सा सुविधा सहित टेलिमेडिसिन सेवा शुरु गरेको अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो ।

Advertisement

मेचीनगर नगरपालिकाको सहकार्य तथा केएचडीसी नेपाल नामक गैरसरकारी संस्थाको प्राविधिक सहयागमा शुरु गरिएको टेलिमेडिसिन सेवामा मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, डिप्रेसन लगायतका दीर्घरोग लागेकालाई टेलिमेडिसन पद्धतिमार्फत घर बसेरै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्राडा सञ्जीवकुमार शर्माबाट स्वास्थ्य परामर्श प्रदान गरिरहेको अभियानका संयोजक डालमियाले बताउनु भयो ।

यो अभियान मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको वडा नं। ४,५,६ र ७ र भद्रपुर नगरपालिकाको वडा नं। ९ र १० मा सञ्चालन भइरहेको अभियानका स्वास्थ्य संयोजक दिलिप सुवेदीले बताउनु भयो । सुवेदीले भन्नु भयो, “सबैको ध्यान ध्यान कोरोनाको बिरामीतिर मात्रै रहेको बेला कोरोना बाहेकका अन्य बिरामी र गर्भवती महिलाहरुलाई निक्कै अप्ठ्यारो परेको छ । यस्तो बेला हामीले यो अभियान मार्फत सेवा प्रवाह गर्न सोचेका हौं ।”

भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानी समेत गराइने भएको हुँदा विरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन । अभियानलाई गाउँकेन्द्रित बनाइएको छ । सहरको अस्पतालबाट टाढा रहेका ग्रामीण वस्तीलाई यो सेवाले लक्षित गरेको छ ।

अभियानका स्वास्थ्यकर्र्मीहरुले शनिवार एकैदिन ३० जना दीर्घरोगीको घरमा पुगेर सेवा प्रवाह गरेको थिए । यसरी खटेको टोलीले स्वास्थ्य सेवा र आवश्यक परामर्श प्रदान गरिरहेको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेल बताउनु भयो ।

पौडेलका अनुसार गाउँमा केएचडीसी (किड्नी, हाइब्लडप्रेसर, डायविटिज र कार्डियो भास्कुलर) का विरामी उपचारका लागि अस्प्ताल जान नसकेर धेरै समस्यामा छन् । अभियानले त्यस्ता विरामीहरुलाई मद्दत गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here