
।। कविता ।।
ज्ञानेन्द्र ढुंगाना ।।
पोहोर परार पनि
ठूलो कोठामा
रातो रिवन बाँधेको
कालो ब्रिफकेश बोकेर
एउटा खाइलाग्दो मान्छे
माइकका अघि उभिएर
घण्टौं बर्बराउथ्यो
तल दायाँ बायाँ बसेका मान्छे
कोही हात बाँधेर बस्थे
कोही आफ्नो अगाडिको टेबल
थप्थप्याउँथे
बजेट यसरी नै ल्याउँथे ।
यसपाली अलिकति अर्कै
कोठा अलिक सानो
मान्छे अलिक कम
बसाइ फरक
तर रिवन उस्तै
ब्रिफकेश उस्तै
त्यस्तै खाइलाग्दो मानिस
माइक अगाडि उभिएर
त्यसरी नै बर्बरायो
सबैले भने बजेट त्यसरी नै आयो ।
बजेट आए पछि
पक्ष र विपक्षमा त्यसरी नै
बहस भयो,
जसरी पहिले हुन्थ्यो
बजेट आएपछि
त्यसरी नै समर्थन र
विरोध भयो
जसरी पहिले हुन्थ्यो
कसैले भने यो बजेटले
देशको कायापलट गर्छ
कसैले भने वाइयात सरकार
बजेट पनि कनिका जस्तै छर्छ ।
यी सबै सबै टेलीभिजनको
पर्दामा हेरिरहेकी
पल्लाघरकी आमैले
मलाई सोधिन्
नानी १ साच्चै यो बजेटले
रेल ल्याउँछ ? समृद्धिको भेल ल्याउँछ ?
टन्न खान पाइन्छ ? भोको बस्नु पर्दैन ?
खान नपाएर पटुकी कस्नु पर्दैन ?
मल बिऊ लिन जाँदा
हाकिमको गाली खानु पर्दैन ?
देशमै काम पाइन्छ त ।।।
अब तिमीहरु विदेश जानु पर्दैन ?
अब सबै विदेश गएका
फर्केर देशमै आउँछन् त ।।।।
सबैले पच्चीसलाख, ल्यापटप पाउँछन् त ।।।?
यी मन्त्रीले भने जस्तै अब सबै आउँछ त ।।?
खोलाखोलामा पानीजहाज
चुल्होचुल्होमा ग्याँस आउँछ त ।।।
साच्चै भन्नु न नानी १
दश बर्षदेखि कतारको
मुर्दाघरमा राखेको
मेरो कान्छाको लाश आउँछ त ।।११११
…………………………………
