चार विद्याथी र एक कृषकलाई सम्मान गर्दै राष्ट्रिय युवा संघले मनायो अन्तराष्ट्रिय युवा दिवस


२८ श्रावण २०७७, बुधबार १६:४१ मा प्रकाशित

२८, साउन । झापा ।। अन्तरष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ मेचीनगर वडा नम्बर १३ ले चार व्यक्तित्वलाई सम्मान तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर चाराली चौकमा राष्ट्रिय झण्डोत्तोलन, कोरोना विरुद्धको जनचेतना र्याली, सवारी दूर्घटना न्युनिकरणका लागि सचेतना तथा मेहेनेती र जेहेन्दार विद्यार्थी र एक जना युवा किसानलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । संघका १३ नम्बर वडा अध्यक्ष तिलक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले प्रमुख अतिथिको आसनबाट बोल्दै देश निर्माणका कर्णधार युवाले आर्थिक, साँस्कृतिक तथा सामाजिक रुपमान्तरमा योगदान गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा मेहेनेती तथा जेहेन्दार विद्यार्थी तर्फ प्रजुल खतिवडा, दुर्गा बेघा, भीमा बुढाथोकी र पूजा तामाङ र मेहेनेती तथा उत्कृष्ठ कृषकको रुपमा वडा नम्बर १३ का टंकबहादुर खड्कालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

Advertisement


चाराली सामुदायिक भवनमा आयोजित कार्यक्रमलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य प्रत्युस राना, नेकपा जिल्ला कमिटी सदस्य सन्तोष आचार्य, वडाअध्यक्ष कृष्ण सिग्देल, नेकपा मेचीनगर १३ नम्बर वडा अध्यक्ष खगेन्द्र सिग्देल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम संयोजक भोजराज पराजुलीले कार्यक्रमको औचित्वबारे प्रकाश र स्वागत गर्नु भएको कार्यक्रममा युवा विद्यर्थी नेताहरु धरणीधर पौखरेल, राजु धिमाल, दुर्गा धमला, निरु परियार, निरु आचार्य, रेवत दाहाल, मजदुर नेता देवी भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सन्तोष न्यौपानेले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here