पुष्पलालको स्मृति सभामा झापाली नेताले भने, – ‘जनभावना र पार्टी एकता विरोधी कुनै काम नहोस् ।’


७ श्रावण २०७७, बुधबार १८:०३ मा प्रकाशित

७ साउन, झापा । पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा झापाली नेताहरुले जनभावना र पार्टी एकता विरोधी कुनै गतिविधि नगर्न नेतृत्वलाई खबरदारी गरेका छन् ।

Advertisement

नेपाल कम्यनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आज बिर्तामोडमा पुष्पलाल मित्रता केन्द्र झापाले आयोजना गरेको कार्यक्रम बोल्ने झापाली नेताले यस्तो धारणा राखेका हुन् । केन्द्रका झापा संयोजक मणी भण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा प्रदेश कमिटी सदस्य पुष्प पोखरेलले पुष्पलालका सपना साकार बनाउने बेला आएको भन्दै पार्टी एकतालाई मजबुद बनाउन्ु पर्ने बताए । उनले यो अवसरलाई सदुपयोग गर्दै समाजवाद उन्मुख राज्य व्यवस्था स्थापनाका लागि योगदान गर्न सुझाएका छन् ।

कार्यक्रममा केन्द्रका प्रदेश कमिटी सदस्य लोकबहादुर धिमाल, नेकपा प्रदेश कमिटी सदस्य रोमणी भट्टराई, राजु आचार्य अग्नी, डिल्ली घिमिरे हिक्मत, मोहन टुडुलगायतले पार्टी एकता विरोधी बढेको भन्दै यस्ता हर्कतमा नलाग्न खबरदारी गरेका छन् । मन्तव्यका क्रममा उनीहरुले समाजवादी आन्दोलनलाई सहि नेतृत्व गर्दा मात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

नेकपा जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रत्युस रानाले गरेका थिए ।
संस्थापक नेता पुष्पलाल श्रेष्ठको नामबाट गठन भएको पुष्पलाल मित्रता केन्द्रको झापासहित ३५ वटा जिल्लामा शाखा विस्तार गरिएको छ भने केन्द्रिय कमिटी बाहेक पाँचवटा प्रदेशमा प्रदेश स्तरीय कमिटी गठन भएको आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here