ओलीले दिए भारतलाई अर्को झड्का ‘अयोध्या नेपालमै पर्छ’


३० असार २०७७, मंगलवार १५:०४ मा प्रकाशित

असार २९, २०७७ काठमाडौं
भारतमा अयोध्या र रामलाई धार्मिक रुपमा जति मानिन्छ त्यो भन्दा बडि राजनीति गरिन्छ । अयोध्या र राम भारतको राजनीतिको केन्द्र भाग हो भने पनि हुन्छ । यो नामसँगै बाबरी मज्जिदको कुरा जोडिएर आउछ । भारतमा धार्मिक र जातीय द्वन्द्व भड्काउन यो मुद्धा काफी छ । बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको रुझान पनि यस्तै पृष्ठभूमिबाट भएको देखिन्छ । धर्मको आडमा राजनीतिमा सक्रिय नरेन्द्र मोदीका लागि राम नाम अति प्रिय छ । यहि प्रिय बस्तुमाथि नेपालका प्रधान मन्त्री केपी ओलीले एक कार्यक्रमबीच पानी फन्याइदिएका छन् ।
नेपालका आदिकवि भानुभक्त आचार्यको २०७ औं जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले राम ज्वाई नभएर नेपालको छोरा भएकोे दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाइ छ । ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरूमा अतिक्रमण भएको छ ।’, उनले भने,‘हामीले ‘सीता’ भारतका राजकुमारलाई होइन अयोध्याका राजकुमारलाई दिएका हौँ ।’ उनले अयोध्या पनि नेपालकै भूमि रहेको तर्क गरेका छन् । ’अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिम पट्टिको गाउँ हो ।’, उनले अगाडि भने,’ अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा पर्छ, वाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका, त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’ प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरे । भारतले अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ । हाम्रोमा भएको अयोध्याको विवाद नै गर्नुपर्दैन’ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here