बैंकहरुमा थुप्रियो पैसा


२७ असार २०७७, शनिबार ०५:०७ मा प्रकाशित

२७ असार, काठमाडौं । दुई वर्ष अघि बैंकहरु लगानी योग्य रकम (तरलता) नभएर निकै छट्पटाए । सानो परिमाणको कर्जा लिन आउनेहरुलाई पनि रित्तो हात फर्काउनु पर्दा बैंकहरु निकै चिन्तित भए । गत वर्षसम्म पनि तरलताको निकै समस्या देखिएको थियो ।

Advertisement

तर, लकडाउनपछि भने अवस्था ठीक विपरीत भएको छ । बैंकहरुमा लगानीयोग्य रकम अभाव होइन, अत्यधिक भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यतिबेला बैंकहरुमा १ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ ।

यो चालु आर्थिक वर्षकै सबैभन्दा धेरै भएकोे राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । लकडाउनका कारण बैंकिङ लगानी घटेपछि बैंकहरुमा अधिक तरलता देखिएको प्रवक्ता भट्टले बताए । यस वर्षकै धेरै तरलता हुनुको कारण सरकारी खर्च बढ्नु पनि भएको उनले बताए ।

असार लागेसँगै सरकारले गर्नुपर्ने खर्च राम्रो बढेको साथै बाहृय ऋण पनि बढेका कारण बैंकहरुमा अधिक तरलता देखिएको उनले बताए । बैंकहरुमा कर्जा लिन जानेहरुको संख्या अत्यन्तै न्यून छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ११ चैतमा पूर्ण लकडाउन गर्यो । लकडाउनको अवधिभर कर्जा लगानी अत्यन्तै कम भयो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै १ असारदेखि केही सहज बनाएको छ । तर, यस अवधिमा पनि कर्जा लगानी बढ्नुको सट्टा घटेको छ ।  कर्जा लगानी यसरी सुस्ताउँदा बैंकहरुमा अधिक तरलता भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here