वर्षाका कारण बाढी पहिरोको प्रकोप बढ्यो


२७ असार २०७७, शनिबार ०४:३६ मा प्रकाशित

असार २७, २०७७ काठमाडौं ।। निरन्तरको वर्षाका कारण बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढ्दो छ । ठुलो जनधनको क्षति भइरहेको छ । यस्तो बेला विभिन्न जिल्लामा उद्धारमा कठिनाई भइरहेको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न र उद्धार कार्यमा खट्न कठिनाई भइरहेको उनीहरुले बताएका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । ४१ जना हराइरहेका छन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी अवस्थीले कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार म्याग्दीमा ३१, जाजरकोटमा ९ र रुकुम पश्चिममा १ जना गरी ४१ जना बेपत्ता छन्। यसअघि बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना हराइरहेका छन् ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here