अझै निभेको छैन महाभारतको आगो


१२ माघ २०८१, शनिबार ०८:३९ मा प्रकाशित

माघ १२, झापा । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो अझै निभेको छैन । जंगलमा सल्किएको आगो निभाउन शुक्रबार दिउँसो हेलिकोप्टर प्रयोग गरियो ।

Advertisement

सिम्रिक एयरको हेलिकोप्टरबाट करिब २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याउँदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

अहिले पनि जंगलमा आगो दन्किरहेको छ ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शुक्रबार दिउँसो २४ पटक हेलिकोप्टरले पानी खन्याएको थियो । एक पटकमा एक हजार लिटर पानी बेथानचोककै वडा नम्बर २ स्थित एक पार्कबाट लिएर हेलिकोप्टरले आगोलागी भइरहेको क्षेत्रमा खन्याएको थियो ।

हाललाई बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्को लगायतका क्षेत्रमा आगो नियन्त्रण भएको उनले बताए ।

अन्य ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन ।

गत मंगलबार दिउँसो २ बजेबाट सो क्षेत्रमा आगलागी भएको थियो । आगलागी भइरहेको क्षेत्रमा नेपाली सेनासहितको टोली परिचालन गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here