झापा विद्रोहका नेता नरेश खरेलले ओलीलाई समर्थन नगर्ने


५ भाद्र २०७८, शनिबार २१:३० मा प्रकाशित

झापा, ५ भदौं ।। नेकपा एमालेका नेता तथा झापा विद्रोहका योद्धा नरेश खरेलले पार्टीको अन्तरस्रघर्षमा ओलीलाई समर्थन नगर्ने बताउनु भएको छ ।
शनिवार विर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खरेलले यस्तो बताउनु भएको हो । नेकपा एमाले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका नेता खरेलले पार्टी व्यक्तिवाद र अवसरवादले कब्जा गरेको बताउँदै त्यसका विरुद्ध आफु सधैं संघर्षरत रहको बताउनु भयो । पार्टी निमाणका लागि झाापा विद्रोहदेखि एमाले निर्माण गर्दासम्म त्याग र योगदान गर्दै आएको स्मरण गर्दै नेता खरेलले भन्नु भयो, “म कम्युनिष्ट आदर्श र विचारका लागि १७ वर्ष जेल बसेको व्यक्ति हुँ, मेरो निष्ठा र इमानमा शंका नगर्नुहोस् ।”
केहि दिनदेखि नेता खरेलको नाममा आएका सामाचारहरुको भ्रममा नपर्न आग्रह गर्दै उहाँले ओलीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि जान नसक्ने बताउनु भयो ।
नेकपा एमाले निर्माणमा ठुलो योगदान गरेका नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पाखा लगाएर एमाले एक हुन नसक्ने धारणा पनि उहाँले व्यक्त गर्नु भयो । सबैले दुःख गरेर निर्माण गरेको पार्टी भत्काउने भन्दापनि समेटेर लानु पर्ने धारणा राख्नु भएको थियो ।
पार्टी विभाजनको उत्कर्षका बेला एता कि उता भन्ने प्रश्नमा नेता खरेलले पार्टी एकताको पक्षमा आफ्नो मत रहेको बताउनु भयो । पार्टी विभाजनले कसैको हित नगर्ने बरु प्रतिक्रियावादीहरु खुसी हुने भएकाले अझै पनि एकताबद्ध हुन सकिने बताउँदै नेता खरेलले अहंकार र व्यक्तिगत स्वार्थ त्याग्न आग्रह गर्नु भयो । एकताबद्ध पार्टीले मात्र देश र जनताको हित गर्ने बताउँदै नेता खरेलले भन्नु भयो, “ओली र नेपाल दुबैले पार्टी एकताका लागि योगदान गर्नु पर्छ ।”

Advertisement

नेता खरेलले पार्टीमा बढेको अराजकता र उत्सृंखलताका कारण वातावरण विग्रिएको बताउनु भएको छ । उहाँले नेताहरुलाई गाली गालौज नगर्न र संयमित भएर शैद्धान्तिक तथा बैचारिक कुरा गर्न पनि आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here