चैत्र २५, मेचीनगर । मेचीनगर–१ बाहुण्डाँगीका सुनिल राई सिङगिङ स्टार नेपालको उत्कृष्ट ११ मा पुगेका छन् । उनी झापाबाट एक्ला प्रतिस्पर्धी हुन् । शनिबार र आइतबार राति प्रसारित कार्यक्रमबाट उनी उत्कृष्ट ११ मा पुग्न सफल भएका हुन् ।
डिजिटल अडिसनबाट छनोट भएका मेचीनगर–१ का सुनिल राई निर्णायकहरूलाई प्रभावित गर्दै वाइल्ड कार्ड इन्ट्रीमार्फत टप ११ मा पुगेका थिए । भोटिङको आधारमा उनी उत्कृष्ट ११ पुगेका हुन् । अब उनको यात्रा दर्शकहरुको भोटले निर्धारण गर्ने छ ।
उत्कृष्ट १० का लागि उनले शनिबार राति नै प्रस्तुति दिइसकेका छन् । उनले ‘तिमीलाई कुनै पल नदेखु म’ गीत गाएका थिए । सुनिल राईको गायनको जजहरूले निकै तारिफ गरेका थिए ।
उत्कृष्ट ११ पुग्न सफल सुनिल राईलाई उत्कृष्ट १० मा पुर्याउनका लागि भोट अपिल गरेका छन् । भोटिङकै आधारमा सिङगिङ स्टार नेपालको यात्रा निर्धारण हुने भएकाले भोट दिन उनले अपिल गरे ।
कसरी गर्ने भोट ?
सुनिललाई आइतबार साँझ १०ः०० देखि बुधबार दिउँसो २ बजेसम्म भोट गर्न सकिनेछ । सुनिललाई भोट गर्न www.aventoz.com मा गएर सिङगिङ स्टार नेपालमा गई सुनिल राईको फोटोमा गएर Vote Now गर्न सकिनेछ ।
