विन्दा पाण्डेको ‘भूइँमान्छे’ माथि चर्चा


२१ फाल्गुन २०८१, बुधबार २१:५४ मा प्रकाशित

फागुन २१, बिर्तामोड । राजनितिक उदेश्य प्राप्तिका निम्ति भुईमान्छेले खेलेको भुमिकालाई केन्द्रविन्दु बनाएर लेखिएको किताब भुईमान्छे पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोड स्थित लिङकन मन्टेश्वरी विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा झापाका अग्रज साहित्यकार, लेखक र पत्रकारहरुको उपस्थिती रहेको थियो । You sent साहित्य पत्रकार मञ्चका अध्यक्ष हरि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिङकन मन्टेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले स्वागत गर्नु भएको थियो । साहित्य पत्रकार मञ्चको आयोजना एवं विरता रिर्डसको सहयोगमा सम्पन्न कार्यक्रममा पुस्तकको परिचर्चा विरता रिर्डसका संयोजक एवं लेखक तीर्थ सिग्देलले गर्नु भएको थियो ।

Advertisement

उहाँले भुइमान्छेको योगदानले पार्टी निर्माणमा खेलेको भुमिका, बामपन्थी आन्दोलनको ज्वाराभाटको रुपमा रहेको सुखानी हत्याकाण्ड र यस भित्रका विषयगत घटनाक्रमलाई रोचकरुपले प्रस्तुत गर्न लेखक सफल भएको बताउनुभयो । उहाँले यो पुस्तक इतिहासको दस्तावेज भएको बताउनुभयो । राजनितिक घटनाक्रममा पुस्तक केन्द्रित रहेतापनि पुस्तकलाई रोचक बनाउन भाषिक प्रस्तुतीकरणमा विशेष ध्यान दिइएको बताउनुभयो । लेखक सिग्देलले साहित्य पत्रकार मञ्चले लेखन र पठनसिपकलाको बिकास गर्दै सूचना सम्प्रेशण गर्न खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले झापाका विविध साहित्यक गतिविधीलाई उजागर गर्न समन्वयकारी भुमिका खेल्दै मञ्चले आफ्नो गतिविधीहरुलाई अझ चलायमान बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित साहित्यकार लेखकहरुले राखेको जिज्ञासाको जवाफ दिदै भुईमान्छेको योगदानलाई पार्टी नेतृत्वले स्मरण गरोस, बामपन्थी पार्टीको स्थापनामा योगदान पु¥याउने महान व्यक्तिहरुको बारेमा जनतालाई जानकारी होस भन्ने उदेश्यले पुस्तक लेखिएको बताउनु भयो । उहाँले आजै नेकपा एमालेका ५ जना नेतालाई इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा मारिएको स्मरणमा मनाइदै आएको शहिद दिवसको अवसरपारी सुखानीमै पुस्तकको विमोचन गरिएको बताउनु भयो साहित्य पत्रकार मञ्चका अध्यक्ष हरि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिङकन मन्टेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले स्वागत गर्नु भएको थियो । साहित्य पत्रकार मञ्चको आयोजना एवं विरता रिर्डसको सहयोगमा सम्पन्न कार्यक्रममा पुस्तकको परिचर्चा विरता रिर्डसका संयोजक एवं लेखक तीर्थ सिग्देलले गर्नुभएको थियो । उहाँले भुइमान्छेको योगदानले पार्टी निर्माणमा खेलेको भुमिका, बामपन्थी आन्दोलनको ज्वाराभाटको रुपमा रहेको सुखानी हत्याकाण्ड र यस भित्रका विषयगत घटनाक्रमलाई रोचकरुपले प्रस्तुत गर्न लेखक सफल भएको बताउनुभयो । उहाँले यो पुस्तक इतिहासको दस्तावेज भएको बताउनुभयो । राजनितिक घटनाक्रममा पुस्तक केन्द्रित रहेतापनि पुस्तकलाई रोचक बनाउन भाषिक प्रस्तुतीकरणमा विशेष ध्यान दिइएको बताउनुभयो । लेखक सिग्देलले साहित्य पत्रकार मञ्चले लेखन र पठनसिपकलाको बिकास गर्दै सूचना सम्प्रेशण गर्न खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले झापाका विविध साहित्यक गतिविधीलाई उजागर गर्न समन्वयकारी भुमिका खेल्दै मञ्चले आफ्नो गतिविधीहरुलाई अझ चलायमान बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित साहित्यकार लेखकहरुले राखेको जिज्ञासाको जवाफ दिदै भुईमान्छेको योगदानलाई पार्टी नेतृत्वले स्मरण गरोस, बामपन्थी पार्टीको स्थापनामा योगदान पु¥याउने महान व्यक्तिहरुको बारेमा जनतालाई जानकारी होस भन्ने उदेश्यले पुस्तक लेखिएको लेखक पाण्डेले बताउनु भयो । उहाँले आजै नेकपा एमालेका ५ जना नेतालाई इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा मारिएको स्मरणमा मनाइदै आएको शहिद दिवसको अवसरपारी सुखानीमै पुस्तकको विमोचन गरिएको बताउनु भयो । कार्यक्रममा साहित्यकार तथा गजलकार केशव आर्चाय, सहित्यकार दुर्गाप्रसाद सिग्देल,विरता रिर्डसका सह–संयोजक केशव मैनाली, साहित्य पत्रकार मञ्चका उपाध्यक्ष रवीकिरण बान्तवा,पत्रकार कवी गुराँगाई, रमा लुइटेल, पत्रकार सृजन घिमिरे, खगेन्द्र भण्डारी, साहित्य पत्रकार मञ्चका सचिव भरत भाबुक प्रसाई, सह–सचिव मुना प्रसाई, पत्रकार, लिङकन मन्टेश्वरीमा सञ्चालक एवं साहित्य पत्रकार मञ्चका सदस्य सरोज पौडेल,साहित्यकार तुलसीप्रसाद भट्टराई,अम्बिका पौडेल,गणेश निरौला, नेत्रप्रसाद पोखरेल, मणि शर्मा,पत्रकार रमा दाहाल,साहित्यकार माधव पराजुली,दिनेश ओझा, कविता घिमिरे,हेमनाथ तिम्सिना, कमलप्रसाद चाँपागाई, रश्मि असफल लगायतको उपस्थिती रहेको थियो । झापा आन्दोलन, बामपन्थी पार्टी एमाले एवं मालेको स्थापनाकालिन समयमा भुईमान्छेहरुले खेलेको भुमिका समेटिएको पुस्तक परिचर्चा कार्यक्रमको सहजीकरण साहित्य पत्रकार मञ्चका सचिव भरत भाबुक प्रसाईले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here