बेलायतका राजदुत घिमिरेसँग गोर्खा मेमोरियल फण्ड युकेका टोलीको भेटघाट


२१ फाल्गुन २०८१, बुधबार २१:२८ मा प्रकाशित

फागुन २१, झापा ।। गोर्खा मेमोरियल फण्ड युकेका प्रतिनिधि मण्डलले बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्रकुमार घिमिरेसँग भेटघाट गरेका छन् । भेटका क्रममा बेलायतमा रहेका नेपाली समुदाय र गोर्खा मेमोरियल फण्ड युकेले गरिरहेका सहयोग परियोजनाका बारेमा कुराकानी भएको गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धन किरण गुरुङले बताउनु भयो । अध्यक्ष गुरुङको नेतृत्वमा ट्रस्टी रे जन्सन सहितको टोलीले राजदूत घिमिरेलाई दुतावसमै पुगेर भेट गरेको फण्डकी उपाध्यक्ष अल्का गुरुङले जानकारी दिनु भयो ।
भेटमा गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले राजदुत घिमिरेलाई फण्डले नेपालमा सञ्चालन गरेको सहयोग परियोजनाका बारेमा जानकारी गराउँनु भएको थियो । सो अवसरमा मुख्यतया मेचीनगरका ग्रामीण विद्यालयमा कम्प्युटर टेक्नोलोजी शिक्षाको स्थापना गर्ने कार्यंमा सहयोग गरेको राजदुतलाई अवगत गराउनु भएको थियो । फण्डले नेपाली समुदायमा स्वास्थ्य, शिक्षामा सहयोग गरिरहेको पनि बताउनु भयो । गोर्खा मेमोरियल फाउन्डेसन नेपालसँगको सहकार्यमा छैठौं संस्करणको कम्प्युटर प्रविधि परियोजनाको लागि कोष सङ्कलन भई रहृेको उहाँ बताउँनु भयो । अध्यक्ष गुरुङका अनुसार यसका लागि सहयोग गर्न व्यववसायिक क्षेत्रहरुलाई आव्हान गरिएको पनि बताउनु भएको छ ।

Advertisement


केहि दिन अघि सम्पन्न भेटमा अध्यक्षले राजदूतलाई अक्टोबर ५ मा गार्डेन अफ रिमेम्बरेन्समा आयोजना हुने गोर्खा मेमोरियल फण्ड युकेको १०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन निमन्त्रणा समेत दिनु भएको छ । साथै मेचीनगर र फोक्स्टन टाउनबिच मितेरी सम्बन्ध स्थापना गर्न सुरुका दिनदेखि योगदान गुर्न भएको अध्यक्ष गुरुङले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा भएको बताउनु भयो । सोहि अवसरमा अध्यक्ष गुरुङले फोक्स्टन सिटीका वर्तमान मेयर अबिना आकाफो केली मार्फत आफ्नो जिम्मेवारी हस्तान्तरण गरिएको र नयाँ जिम्मेवारी चयनको तयारीमा रहेको राजदूतलाई जानकारी गराएका छन् ।


भेटकै अवसरमा गोर्खा मेमोरियल फण्डका परियोजना संयोजक रे जोन्सनले दुई देशको सहयोग, शैक्षिक सहकार्यलाई अझ मजबुद बनाउन पहल भई रहेको बताउनु भयो ।
गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष गुरुङ फाक्स्टन सिटीका पूर्व काउन्सिलर हुन् । उनी नेपाली समुदायबाट निर्वाचित पहिलो काउन्सिलर समेत हुन् । अध्यक्ष गुरुङकै नेतृत्वमा बेलायतमा गोर्खा सैनिकको सानदार सालिक स्थापना भएको छ ।
भेटमा राजदुत घिमिरेलेले टोलीलाई स्वागत गर्दै आवश्यक सहयोग र सहकार्य गर्ने बताउनु भएको अध्यक्ष गुरुङलाई उद्दृत गर्दै गोर्खा मेमोरियल फाउण्डेसन नेपालका अध्यक्ष गंगालाल गुरुङले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here