“हामी टनेल युगमा प्रवेश गरिरसकेका छौ” – भौतिक पूर्वाधार मन्त्री दाहाल ।


८ माघ २०८१, मंगलवार १८:४० मा प्रकाशित

माघ ८, झापा ।। नेपाल टेनेल युगमा प्रवेश गरिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ ।
मंगलवार झापा आउनु भएका मन्त्री दाहालले नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा कार्यकर्तालाई भेटघाटका क्रममा अब देश तिव्र निर्माणको चरणमा रहेको बताउनु भएको हो । “हाम्रा टेनेल निर्माण भई ‘ब्रेक थ्रु’ भइसकेका छन्” सडक पूर्वाधारमा देशले फड्को मारेको बताउँदै मन्त्री दाहालले भन्नु भयो–“ठुला ठुला आयोजनाहरु सम्पन्न हुने चरणमा छन् ।” उहाँले यो पुरानो बजेट कार्यन्वयनको समय भएकाले काम तिव्ररुपमा भइरहेको बताउँनु भयो ।
बर्तमान सरकार आउन अघि नै आएको बजेट भएकाले केहि समस्याहरु रहे पनि त्यसलाई समाधान गर्दै जनअपेक्षा अनुरुप काम भई रहेको मन्त्री दाहालले बताउँनु भयो ।
साधन स्रोतको अभाव र नीतिगत समस्याहरुका बावजुद मन्त्रालयले इमान्दारितापूर्वक कार्य गरिरहेको मन्त्री दाहालले बताउँनु भयो । अब आउने बजेट मार्फत जनअपेक्षालाई राम्ररी सम्बोधन हुने बताउँदै मन्त्री दाहालले मन्त्रालयले मूलतः तीनवटा क्षेत्रलाई प्राथमिकता दिएर योजना बनाउँदै गरेको बताउँनु भयो । मन्त्री दाहालका अनुसार सबै भन्दा पहिले वढि आवत जावत हुने सडकहरुलाई महत्वका साथ निर्माण गरिने, ग्रामीण भेकका जनताका उत्पादनलाई सहज बजार पहुँच हुने सडक निर्माण गरिने र चिन–भारत जोड्ने कनेक्टिभिटी रोड जसले देशको राजस्वमा समेत सकरात्मक प्रभाव पार्छ त्यसखाले सडकलाई प्राथमिकतामा राखेर योजना निर्माण हुने बताउँनु भयो ।
सोही अवसरमा मन्त्रीसँगै रहनु भएका संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख बिनोदकुमार मौवारले साना साना कामहरु सम्पन्न हुने क्रममा र बहु वर्षे योजनाहरु ठेक्का लगाउने तयारमा रहेको जानकारी दिनु भयो ।

Advertisement

सरकार ढल्छ भन्नु भ्रमको खेती हो’

यतिबेला सरकार विरोधीहरुले यो सरकार टिक्दैन, तुरुन्तै ढल्दैछ भनेर भ्रमको खेती गरिरहेको मन्त्री दाहालले बताउनु भयो । कार्यकर्ता भेटघाटकै अवसरमा मन्त्री दाहालले भन्नु भयो–“यस्तो हल्ला गर्नेहरुलाई गणितको जानकारी छ कि छैन ? सोध्नुहोस् है” दुई ठुला दल मिलेर बनेको सरकार साना मसिना कराएर नढल्ने दाहालले दावी गर्नु भयो । “दुई पार्टीबिच कुनै समस्या छैन, कसैले एकोहोरो भ्रम फैलाउँदैमा केहि फरक पर्दैन” मन्त्री दाहालले पार्टीभित्रको एकता र विस्वासले नै सरकार सञ्चालन भईरहेको बताउँनु भयो । मन्त्री दाहालले कुनै भ्रममा नपर्न आग्रह गर्दै भन्नु भयो–“यो सरकार निरन्तर चल्छ ।”
नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहनु भएका मन्त्री दाहाललाई एमाले जिल्ला कमिटीका अध्यक्ष प्रेम गिरीले जिल्लाको पूर्वाधार अवस्था र योजनाको प्राथमिकताका बारेमा जानकारी गराउँनु भएको थियो । सोहि अवसरमा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, विर्तामोड नगर पमुख पवित्रा महतारा प्रसाई, शिवसताक्षीका पूर्व नगरप्रमुख चन्द्र शेर्मा, ताप्लेजुङका प्रतिनिधिहरुले क्षेत्रगत योजनका बारेमा जिज्ञासा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here